Banner News

थप १८३१ जनामा कोरोना संक्रमण, १५३३ जना डिस्चार्ज



काठमाडौँ, २७ असार । थप १ हजार ८ सय ३१ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख ५५ हजार ४ सय ४९ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २६ हजार १ सय ७३ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज १ हजार ५ सय ३३ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ६ लाख  १९ हजार ८ सय ९४ जना रहेको छ । आज २० जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ९ हजार ३ सय ८२ जना पुगेको छ ।