अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २८ असार । आज सुनचाँदीको मूल्य घटेको छ  ।

नेपाल सुनचाँदी महासंघका आज छापावाला सुन २ सयले घटेर प्रतितोला ९२ हजार २ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९१ हजार ७ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।