Banner News

थप २३९८ जनामा कोरोना संक्रमण, २०७८ जना डिस्चार्ज



काठमाडौँ, २९ असार । थप २ हजार ३ सय ९८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख ५८ हजार ७ सय ७८ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ६१ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज २ हजार ७८ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ६ लाख २३  हजार १ सय ५ जना रहेको छ । आज १२ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ९ हजार ४ सय १२  जना पुगेको छ ।