Banner News

काठमाडौँ उपत्यकामा थप ४२५ जनामा कोरोना पुष्टि



काठमाडौँ, ३० असार । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४२५ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा २९४, भक्तपुरमा ६७ र ललितपुरमा ६२ गरी ४२५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै २४ घण्टामा  देशभर २ हजार ९ सय ५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएको छ भने १ हजार ६ सय ६ जना डिस्चार्ज भएका छन ।