Banner News

माधव नेपालको निवासमा पुगे प्रधानमन्त्री देउवा



काठमाडौँ, ३० असार । प्रधानमन्त्री शेरबहादुर देउवा एमाले वरिष्ठ नेता माधव नेपालको निवास पुगेका छन् ।

आज अपरान्ह प्रधानमन्त्री देउवा नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका हुन् । मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले एमाले विवादमा सरकारका तर्फबाट गर्न सकिने सहजीकरणका लागि नेपालसँग छलफल गरेको बुझिएको छ ।