राजनीति

काँग्रेस पदाधिकारी बैठक स्थगित



काठमाडौँ, ३१ असार । नेपाली काँग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको कार्यव्यस्ताको कारण बैठक सरेको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार विहीबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक शुक्रबार दिउँसो २ बजेलाई सरेको हो । देउवाले पार्टीका शीर्षस्थ नेतासँग सरकारका प्राथमकिता, मन्त्रिपरिषद् विस्तार र पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न खोजेका छन् ।