Banner News

साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सरकारको सिफारिस



काठमाडौँ, ३१ असार । सरकारले साउन ३ गतेका लागि संसद बैठक बोलाउन सिफारिस गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता सम्बन्धी आयोगका पदाधिकारीको म्याद एक वर्ष थप गर्ने निर्णय पनि बैठकले गरेको छ ।