Banner News

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान



काठमाडौँ, ३१ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक साउन ३ गते दिउँसो ४ बजेका लागि बोलाएकी छन् ।

आज मन्त्रिपरिषद बैठकले सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गरेकी हुन् ।