राजनीति

केन्द्रीय सदस्य घिमिरेमाथिको आक्रमण निन्दनीय: प्रवक्ता शर्मा



काठमाडौँ, २ साउन । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफ्ना केन्द्रीय सदस्य एवं कृयाशिल सदस्यता छानबिन समितिका सदस्य श्यामकुमार घिमिरेमाथि भएको आक्रमण निन्दनीय भएको बताउनुभएको छ ।

महाधिवेशन तयारीमा शुक्रबार बसेको पार्टी पदाधिकारी र पूर्व पदाधिकारी बैठकले घटनालाई गम्भीरतापूर्वक लिएको पवक्ता शर्माले बताउनुभयो । सदस्यता सम्बन्धि कुनै निर्णय उपर निर्दिष्ट गरिएको उजुरीको निश्चित विधि र सुनुवाइको प्रक्रिया बाहिर गएर प्रकट हुने अराजक, अनुशासनहिन र दण्डनीय गतिविधि अस्वीकार्य हुने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कृयाशिल सदस्यताको छानबिन स्थलमा पुगेर सांगठनिक कार्यमा व्यस्त रहेको समयमा गरिएको आक्रमण पार्टीको अनुशासित सदस्यको परिचय हुन सक्दैन । प्राप्त छोटो समय र कोभिड महामारीका बीच पनि केन्द्रीय सदस्य रमेश लेखकको नेतृत्वमा रहेको कृयाशिल सदस्यता छानबिन समितिले रातदिन कार्य सम्पादन गरिरहेको विषयलाई पार्टी नेतृत्व तहले बैठक क्रममा उच्च सह्राहना गरेको छ ।”