Banner News

प्रतिनिधि सभाको पहिलो बैठकमा विभिन्न अध्यादेश पेस



काठमाडौँ, ३ साउन । पुनर्स्थापित प्रतिनिधि सभाको आजको पहिलो बैठकमा सरकारले विभिन्न अध्यादेश पेस गरेको छ ।

बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन अध्यादेश २०७७, यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८, सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन सुपरीवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७८, नेपाल नागरिकता पहिलो संशोधन अध्यादेश २०७८, रेलवे अध्यादेश २०७८, शपथ सम्बन्धी अध्यादेश २०७८, औषधि तेस्रो संशोधन २०७८, कोभिड १९ को संकट व्यवस्थापन अध्यादेश २०७८, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन अध्यादेश २०७८, आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ पनि बैठकमा पेस गरिएको छ ।