काठमाडौँ, ३ साउन । नेकपा एमालेका प्रवक्ता प्रदिप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवा जनताले दिएको जनमत नभई सर्वोच्च अदालतका श्री पाँच श्रीमानबाट नियुक्ती भएको बताउनुभयो ।
प्रधानमन्त्री शेउवाले प्रतिनिधिसभाको बैठकमा माग्नुभएको विश्वासको मतको वारेमा पार्टीको तर्फबाट आधिकारीक धारणा राख्दै प्रवक्ता ज्ञवालीले सर्वोच्चले विश्वको कुनै पनि इतिहास तथा नेपालको संविधानको विरुद्धमा फैसला गरी देउवालाई नियुक्त गरेको बताउनुभयो । जनताको जनादेबाट नभई अदालतको परमादेशबाट प्रधानमन्त्री देउवालाई खेलाडीले खेल खेलेर प्रधानमन्त्री नभई रेफ्रीले गोल लगाईदिएर विजय गराएको बताउनुभयो ।
प्रधानमन्त्री देउवालाई अदालतले नियुक्त गर्दा धेरैलाई सञ्चो होला तर त्यसको हिसाव किताव एमालेले गरेर देखाउने उहाँले चेतावनी दिनुभयो । राजनीतिक रुपमा अस्वस्त खेल बढेकाले पूर्वप्रधानमन्त्री केपी ओलीले ताजा जनादेशमा जाने कुरा निरंकुश र अलोतान्त्रीक भनिएको भनि विकाउ राजनीति गरेको आक्रोस व्यक्त गर्दै उहाँले अबका दिनमा जनता सर्वोच्च अदालत भएकोले जनताले एमालेलाई मुल ढोकाबाट पुनः सरकारमा पढाउने दावी गर्नुभयो ।










प्रतिक्रिया दिनुहोस्