काठमाडौँ, ६ साउन । एमाले नेता भीम रावलले सांसद पदबाट राजीनामा दिएको घोषणा गरेपछि सुदूरपश्चिमका एमाले नेताहरू काठमाडौँ आएका छन् । उनीहरू रावलको राजीनामा फिर्ता गराउन र माधव नेपाल समूह नछाड्न दबाब दिन काठमाडौँ आएका हुन् ।
सुदूरपश्चिमका केन्द्रीय सदस्य, प्रदेश सांसद र प्रदेशका मन्त्रीसहितको १७ जनाको टोली यति बेला काठमाडौँमा छन् । मंगलबार साँझ उनीहरूले नेता रावललाई भेटेका छन् ।
बुधबार बिहान नेता नेपालसँग भेट्ने तयारी छ। मन्त्री प्रकाशबहादुर शाह, दीर्घराज सोडारीसहितका नेताहरू काठमाडौँ आएका हुन् । रावलले शेरबहादुर देउवालाई विश्वासको मत दिने नेता नेपालको निर्णयमा असहमति जनाउँदै आइतबार प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका थिए। यो समाचार नागरिक दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्