अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ६ साउन । आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका आज छापावाला सुन ७ सयले घटेर प्रतितोला ९२ हजार ५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९२ हजारमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने २० रुपैयाँले घटेर प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।