राजनीति

अध्यक्ष ठाकुर र प्रधानमन्त्रीबीच भेटवार्ता



काठमाडौँ, ६ साउन । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री शेरबहादुृर देउवाबीच भेटवार्ता भएको छ ।

आज बिहान करिब एक घण्टा देउवा र ठाकुरबीच छलफल भएको स्रोतले जनाएको छ । आजको भेटमा ठाकुरले आफ्ना मागहरुका बारेमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको बताइएको छ ।