Banner News

काठमाडौँमा जोन्सनको खोप १८ वर्ष माथिकालाई दिइने



काठमाडौँ, ६ साउन । काठमाडौँमा बुधबारदेखि १८ वर्षभन्दा माथिका सबै नागरिकले कोभिड-१९ विरुद्धको जोन्सन एण्ड जोन्सन खोप पाउने भएका छन् ।

यो खोप ५० देखि ५४ वर्षका नागरिक, अपाङ्गता भएका व्यक्ति, शरणार्थी, जोन्सन खोप अनिवार्य गरिएका मुलुक जान लागेका नागरिक तथा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीलाई लगाउन शुरु गरिएको थियो । तर दुई दिनसम्म लगाउँदा खोप बाँकी रहेपछि १८ वर्षभन्दा माथिकालाई दिइने भएको हो ।

स्वास्थ्य सेवा विभागले काठमाडौँलाई १ लाख ४० हजार डोज जोन्सन एण्ड जोन्सन खोप उपलब्ध गराएको थियो । दुई दिनसम्म खोप कार्यक्रम सञ्चालन गर्दा पनि झण्डै एक लाख डोज खोप बाँकी रहेपछि ती खोप १८ वर्षभन्दा माथिका नागरिकलाई दिने निर्णय गरेको हो । यो खोप एक डोज मात्र लगाए पुग्छ ।