मनोरञ्जन

प्रकाश र सुनिता ‘विपद् जोखिम न्यूनीकरण सद्भावना दूत’ नियुक्त



काठमाडौँ, ७ साउन । सरकारले चर्चित लोकगायक प्रकाश सपुत र लोकगायिका सुनिता दुलाललाई ‘विपद् जोखिम न्यूनीकरण सद्भावना दूत’ नियुक्त गरेको छ।

नेपाल सरकार गृह मन्त्रालय अन्तरगतको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सिंहदरबारमा पत्रकार सम्मेलन गरी लोकगायक सपुत र गायिका दुलाललाई गीत संगीतको माध्यमबाट समुदायमा विपद्सम्बन्धी जनचेतना अभिवृद्धि गर्नका लागि ‘विपद् जोखिम न्यूनीकरण सद्भावना दूत’ नियुक्त गरिएको जानकारी गराएको हो।