समाचार

भूकम्पको धक्का



काठमाडौँ, ८ साउन । काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महशुस गरिएको छ । आज बिहान ७ बजेर ५ मिनेटमा भूकम्पको धक्का महशुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी नजिक केन्द्रविन्दु भएर भूकम्प गएको हो । केन्द्रका अनुसार बिहान ७ बजेर ५ मिनेट जाँदा ३.५ म्याग्निच्युटको भूकम्प मापन भएको छ ।