काठमाडौँ, ८ साउन । हाल मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू–भाग नजिक रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज विहान देशभर सामान्यदेखि पूर्ण बदली रही कर्णाली र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार प्रदेश १, लुम्बिनी तथा वाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।










प्रतिक्रिया दिनुहोस्