काठमाडौँ, ८ साउन । जापानको राजधानी टोकियोमा आजबाट ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता औपचारिकरुपमा सुरु भएको छ ।
अहिले जारी उद्घाटन समारोहमा नेपालका तर्फबाट गौरिका सिंहले मार्च पासको नेतृत्व गरेकी छन् । यस ओलम्पिकमा नेपालबाट ५ खेलाडीले भाग लिएका छन् । पौडीकी गौरिका सिंह र एलेक्स शाह, एथ्लेटिक्सकी सरस्वती चौधरी, जुडोकी सोनिया भट्ट र सुटिङकी कल्पना परियारले नेपालको प्रतिनिधित्व गरेका हुन् । नेपालको टोली भने २६ जनाको छ ।a










प्रतिक्रिया दिनुहोस्