काठमाडौँ, १२ साउन । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिका पदाधिकारीले प्रतिवेदन बुझाएका छन् ।
आज प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा १३ पृष्ठ लामो प्रतिवेदन बुझाइएको हो ।
आठ लाख ५२ हजार ७११ क्रियाशील सदस्यसहितको प्रतिवदेन बुझाइएको बताइएको छ । समितिले धनुषा क्षेत्र नम्बर ४,सर्लाही २ र बारा तथा सप्तरी जिल्लाको क्रियाशील सदस्यता विवाद भने टुंगो लगाउन नसकेको जनाएको छ । यता सदस्यता छानबिन समितिका सदस्य कल्याण गुरुङले क्रियाशील छानबिनको प्रतिवेदनमा ‘नोट अफ डिसेन्ट’ लेखेका छन् । समितिले देशभरका क्रियाशील सदस्य विवादको समाधान नै नगरी पार्टीलाई प्रतिवेदन बुझाएको भन्दै गुरुङले ‘नोट अफ डिसेन्ट’ लेखेको बताएका छन् ।










प्रतिक्रिया दिनुहोस्