Banner News

थप ३८९९ जनामा कोरोना संक्रमण, १७७८ जना डिस्चार्ज



काठमाडौँ, १२ साउन । थप ३ हजार ८ सय ९९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख ८५ हजार ६ सय ७३ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २८ हजार ८ सय ३६ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज १ हजार ७ सय ७८ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ६ लाख ४७ हजार ७९ जना रहेको छ । आज २० जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ९ हजार ७ सय ५८ जना पुगेको छ ।