समाचार

थुनुवाद्वारा ‘आत्महत्या’



जनकपुरधाम, १५ साउन । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा आज बिहान एक थुनुवाले ‘आत्महत्या’ गरेका छन् ।

धनुषाका प्रहरीका अनुसार थुनुवाकक्षको शौचालयमा आत्महत्या गरेको हो । लक्ष्मीनियाँ गाउँपालिका घर भएका थुनुवा पल्टु रविदासले आत्महत्या गरेको हो । उनी केही दिनअगाडि घरायसी विवाद हुँदा कुटपिट तथा अंगभंग मुद्दामा पक्राउ परेका थिए ।

रविदास आफूले लगाउने गन्जी च्यातेर पासो बनाई भेन्टिलेसनमा झुन्डिएका थिए । घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।