काठमाडौँ, १७ साउन । बिहानको खाना खाँदै थिएँ। मोबाइलमा टिङ, टिङ घण्टी बज्यो। खान छोडेर छेउमै रहेको मोबाइल उठाएँ। नेपालको सबैभन्दा पुरानो स्कुल ‘राजकीय संस्कृत माध्यमिक विद्यालय’ मटिहानी, स्थापना १७७५ साल लेखिएको मेसेज देखें। दिपेन्द्रबहादुर सिंह नामको फेसबुक प्रयोगकर्ताले केही महत्त्वपूर्ण सूचना लेखेका रहेछन्। उनले पठाएको लिंक सूचनाका लागि सम्पादक दाइ अखण्ड भण्डारीले पठाउनु भएको रहेछ। मुछेको भात थालमै छोडें। किन म्यासेज पठाउनु भएको रहेछ ? तुरुन्तै उहाँलाई फोन गरें।
‘राजकरण, तिमीले त्यो म्यासेज हेर्यौ ?’ कल उठ्नासाथ दाइले सोध्नुभयो। ‘हेरे, दाइ !’ ‘त्यो गज्जबको समाचार हुन्छ। दौडिहाल, खोजमूलक यस्तै दमदार समाचार लेख्नुपर्छ।’ स्थलगत रिपोर्टिङ थालें। सात दिन लगाएर समाचार तयार पारें। सोचेभन्दा राम्रो स्थान पायो, पहिलो आधा पृष्ठसहित फुर्सदको मध्यभागमा दुवै पृष्ठ। सामान्यत समाचारमा एउटा फोटो जान्छ यसमा त फोटोफिचर पनि। हुनत त्यो विषय खोज्न अथक मिहेनत र थुप्रै कष्ट भयो। इतिहासमा हराइरहेको ३०३ वर्ष पुरानो विद्यालयको अविच्छिन्न यात्राको कथा खोज्नु सहज कहाँ थियो र ? सबका सब कागजपत्र धमिराको कब्जामा परेको थियो। स्कूलसँग देखाउन पुस्तकालयमा केही किताब, पुरानो टेबल र केही पुराना कागज मात्रै थिए। समाचार खोजी गर्न चुनौतिपूर्ण थियो। तर पनि देशकै गौरवपूर्ण इतिहास बोकेको स्कूलसँग पाठकलाई साक्षात्कार गराउन सफल भयौं। गत साउन ९ गते शनिबारको अन्नपूर्ण पोस्ट् दैनिक मुख्य समाचार बन्यो, राजकीय संस्कृत माध्यमिक स्कूल। गौरवगाथा कोलममा गुरुकुलले स्थान पायो। जुन समाचार चर्चा बटुल्न सफल भयो। शिक्षाको जग बसाएको गुरुकुलले अझै मुहार फेर्न नसकेको खबर पाठकका लागि रोचक र सरकारलाई दबाब बन्यो।
इतिहासमा हराइरहेको ३०३ वर्ष पुरानो विद्यालयको अविच्छिन्न यात्राको कथा खोज्नु सहज कहाँ थियो र ? सबका सब कागजपत्र धमिराको कब्जामा परेको थियो। स्कूलसँग देखाउन पुस्तकालयमा केही किताब, पुरानो टेबल र केही पुराना कागज मात्रै थिए। अन्नपूर्ण पोस्ट्सँगको ७ वर्षे यात्रामा सम्झन लाइक समाचार हो यो। ‘३०३ वर्ष पुरानो विद्यालय, जहाँ बालागुरु षडानन्द पढेका थिए…’ शीर्षक आफैंमा ओजनदार शीर्षकसहितको समाचार हो मेरा लागि। रिपोर्टरको डायरी ओछ्यानबाट लेखिरहेको छु। रातदिनको खटाइ, घामपानी, भोकअनिन्द्राका कारण थलिएको छु। कोरोनाको कहरबिच दौडँदाका चुनौति भनिसाध्य छैन। रिपोर्टिङका क्रममा यसै पनि कोरोनोबाट दोस्रो पटक संक्रमित भएको थिएँ। भर्खरै तंग्रिएकाले फिल्डमा जाने आँटै थिएन। साउन ३ गते मात्रै महोत्तरीको बर्दिवासबाट ६२ किलोमिटर टाढाको स्कूलमा गएको थिए। १८२५ सालमा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरे। त्यसभन्दा ५० वर्ष पहिले मटिहानीमा गुरुकुल खोलिएको रहेछ। १९१० सालमा जंगबहादुर राणाले दरबार हाईस्कूल खोले। उनले खोलेको विद्यालय नेपालको सबैभन्दा पुरानो स्कूल भयो। १७७५ सालमा स्थापना गरिएको गुरुकुल अझै नेपालको पहिलो स्कूलमा दर्ज हुन सकेन। यो समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्