Banner News

एमालेको स्थायी कमिटी बैठक सकियो



काठमाडौँ, १७ साउन । नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ ।

आज दिउँसो ३ बजे च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा भएको बैठक केहि बेर अघि सकिएको हो ।

बैठक भाेलि दिउँसाे ३ बजेका लागि बाेलाइएकाे छ । आजकाे बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएका थिए ।

अज बसेको स्थायी कमिटी बैठकले देशभरका सबै पालिकास्तरको अधिवेशन आउँदो असोज ९ सम्म गरिसक्ने निर्णय गरेको छ । त्यस्तै साउन २४ गतेलाई एमाले केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।