समाचार

आजबाट विद्युतीय खोप प्रमाणपत्र पाउन सकिने



काठमाडौँ, २१ साउन । सरकारले अनलाइनबाट पनि विद्युतीय खोप प्रमाणपत्र उपलब्ध गराउने भएको छ ।

स्वास्थ्य सेवा विभागबाट उपलब्ध हुने क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र प्राप्त गर्न अनलाइनमा गएर मागिएको विवरण भरेर आवश्यक कामगजात अपलोड गर्नु पर्नेछ ।

आजबाट यो सेवा सुरु भएको विभागले जनाएको छ । https://vaccine.mohp.gov.np/public-request-form मा गएर मागिएको विवरण अपलोड गर्नुपर्ने छ ।

अनलाइन सेवा लिन नसक्नेहरुका लागि आजदेखि (बिहान १० बजेदेखि साँझ ४ बजेसम्म शनिबार समेत) राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुरमा गएर सेवा लिन सकिने छ ।