काठमाडौँ, २१ साउन । नेकपा एमालेको नेतृ शान्ता चौधरीले वर्तमान गठनबन्धनको कम्फर्टेवल सरकारले सर्वहाराको पिडा बुझन् नसक्ने बताउनुभएको छ ।
एमालका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा रहेका लाखौं भूमिहिन नागरिकलाई जमिनको मालिक बनाउने प्रकृया अगाडी बढाएको तर वर्तमान गठन्धनको सरकार आउन साथ उक्त प्रकृयालाई रोकेको प्रति लक्षीत गर्दै नेतृ चौधरीले बर्तमान सामन्तवाद सरकारले भोका नागरिकहरुको पेटमा लात हान्दै गाँस खोसेको आरोप लगाउनुभयो । सरकारले भूमिहिनहरुले पुर्जा पाउनु पर्नेमा जोड दिँदै उहाँले वर्तमान सरकारले भूमिहिन जनताको हाँसोको सट्टामा रोदन थपिदिएको भन्दै आक्रोस जनाउनुभयो ।
उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘आजको यो सरकारबाट भुमिहिनहरुले पुर्जा होईन आँशु पाए, हाँसोको सट्टा रोदन पाए । स्यावास् कम्फरटेवल सरकार स्याबास् । महलमा बस्ने सामन्तावादले झुपडी अटाउने टुक्रा चाहिनेको चित्कार सुन्दैन ।
यो सरकार सामन्तवादको प्रतिनिधित्व गर्ने सरकार हो । त्यसैले सर्बहाराको पिडा देख्दैन, भोकाहरुको पेटमा लात हान्छ, गास खोस्छ । धन्य छ मेरो देशको निर्दलीय सरकार । मेरो चुनौती छ, केही महिना रजाइँ गर, जनताको सरकार सिंहदरबारको मुलढोकाबाट शानदार रुपमा पसेर निर्दलिय सरकारलाई विस्थापित गर्नेछ । सर्बहारा गरिब, भुमिहिन सुकुम्बासीको अनुहारमा पुनः खुशी छर्ने छ ।’










प्रतिक्रिया दिनुहोस्