Banner News

माधव समूहलाई प्रवक्ता ज्ञवालीको जवाफ : ‘पार्टीको कामलाई रोक्न सक्दैनौं’



काठमाडौँ, २२ साउन । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीको काम नरोकिने बताउनुभएको छ ।

आगामी केन्द्रीय कमिटी बैठकले विधान संशोधनको प्रस्ताव तयार पार्ने प्रवक्ता ज्ञवाली बताउनुभयो । उहाँले भन्नुभयो, ‘पार्टीका नियमित कामहरु अगाडि बढछन्, छलफलहरु चलिरहेका छन् । तर छलफलका नाममा अनन्तकालसम्म पार्टी कामलाई रोक्न सक्दैनौं ।’

स्थानीय चुनावका साथै महाधिवेशन नजिक आइसकेको, सत्ता पक्ष आक्रामक ढंगले आएको र जनविरोधी क्रियाकलाप गर्न थालेको भन्दै उहाँले प्रमुख प्रतिपक्षी पार्टी चाहिं हातखुट्टा बाँधेर बस्नुपर्छ भन्ने एमालेको हितमा नभएको बताउनुभयो ।

माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठकले पार्टी एकता प्रक्रिया चलिरहेका बेला सदस्यता नवीकरण लगायतका कामले एकतालाई भाँजो हाल्ने भन्दै संगठनात्मक गतिविधि तत्काल रोक्न आग्रह गरेको छ । तर अध्यक्ष केपी शर्मा ओली पक्षले शुक्रबारदेखि विधान संशोधनबारे छलफल थालेको छ । ओली पक्षले साउन २७ र २८ गते विधान सम्मेलन गर्ने निर्र्णय त्यसअघि नै गरिसकेको छ ।