Banner News

थप ३६५१ जनामा कोरोना संक्रमण, २२ जनाको मृत्यु



काठमाडौँ, २५ साउन । थप ३ हजार ६ सय ५१ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख १७ हजार ४ सय ८६ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३६ हजार २ सय ८८ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज १ हजार ७ सय ८५ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ६ लाख ७१ हजार ८३ जना रहेको छ । आज २२ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या १० हजार १ सय १५ जना पुगेको छ ।