काठमाडौँ, २६ साउन । मोटरसाइकलको ठक्करबाट प्रहरी निरीक्षकको मृत्यु भएको छ ।
नवलपरासीको बर्दघाटमा गएराती लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले ठक्कर दिदा काठमाडौं बसुन्धाराका प्रहरी निरीक्षक कपिल वाग्ले मृत्यु भएको हो ।
घाइते भएका उनको उपचारको क्रममा सोमबार राति ११ बजे भैरहवा मेडिकल कलेजमा मृत्यु भएको हो । मोटरसाइकल चालक सुनवल नगरपालिका वडा नम्बर १ का दीपेन्द्र पुन मगर पनि गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ ।
उनी इलाका प्रहरी कार्यालय बर्दघाटमा कार्यरत थिए । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको परहरिले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्