म्याग्दी, २६ साउन । म्याग्दीको सदरमुकाम बेनी बजारमा आगलागी भएको छ ।
म्याग्दी प्रहरीका अनुसार आज बिहान बेनी नगरपालिका-८ न्यूरोडमा अवस्थित रघुगंगा दूध डेरी र नतिजा किराना पसलमा आगलागी भएको हो ।
आगलागीबाट मानवीय क्षति भएको छैन, तर लाखौंको धनमाल जलेर नष्ट भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । आगलागी भएको घर सुनचाँदी व्यवसायी जीवनबहादुर विश्वकर्माको हो ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले दमकल प्रयोग गरी आज बिहान पाँच बजेतिर आगो नियन्त्रणमा लिएको छ । पसलभित्रको बिजुलीको तार सट भएर आगो लागेको हुन सक्ने अनुमान गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्