Banner News

शंकर पोखरेलविरुद्धको अविश्वासको प्रस्ताव रोक्न परेको रिट न्यायाधीश राउतको इजलासमा



काठमाडौँ, २६ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव रोक्न सर्वोच्चमा परेको रिट निवेदन न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजालसमा परेको छ ।

प्रदेशसभा बोलाउने निर्णय संविधानविपरीत भएको भन्दै प्रदेशसभा सदस्य लीला गिरीले दायर गरेको रिट सर्वोच्च अदालतका न्यायाधीश राउतको इजलासमा परेको हो ।

मुख्यमन्त्री शंकर पोखरेलले आफू संविधानको धारा १६८९१० को बहुमतको मुख्यमन्त्री भएको दाबी गर्दै आएका छन् । उनीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरी समावेदन गरेपछि लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठक आह्वान गरेका छन् । बैठक आह्वान नै असंवैधानिक भएको भन्दै पोखरेलनिकट गिरीका तर्फबाट रिट परेको हो ।

सर्वोच्चमा यो रिट गएको आइतबार हकदैया नपुगेको भन्दै दर्ता भएको थिएन । सोमबार दर्ता भएपछि आज पेसी तोकिएको हो । पेसी न्यायाधीश प्रकाश राउतको एकल इजलासमा परेको छ ।