विश्व

अफगानिस्तानमा तालिबान र सरकारबीचको द्वन्द्वमा २७ बालबालिकाको मृत्यु



एजेन्सी, २६ साउन । अफगानिस्तानमा तालिबान र सरकारी सेनाबीचको द्वन्द्वमा परि तीन दिनमा २७ बालबालिकाको मृत्यु भएको छ । विगत तीन दिनमा १ सय ३६ जनाभन्दा धेरै बालबालिका घाइते भएको युनिसेफको प्रतिवेदनमा उल्लेख छ ।

संयुक्त राष्ट्रसङ्घले द्वन्द्वमा परि महिला र बालबालिका बढी जोखिममा परेको जनाएको छ । घर छोड्न बाध्य परिवारका बालबालिका खुला आकाशमुनी सुत्न बाध्य भएको युनिसेफ अफगानिस्तानका समान्थ मोर्तलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

साथै तालिबान विद्रोहीले महिला र बालबालिकालाई बन्धक बनाएको खबरमा उल्लेख छ । तालिबानले शुक्रवारयता अफगानिस्तानमा ५ वटा क्षेत्रीय राजधानीमा कब्जा जमाइसकेको छ ।