Banner News

थप ४९०४ जनामा कोरोना संक्रमण, २११५ जना डिस्चार्ज



काठमाडौँ, २६ साउन । थप ४ हजार ९ सय ४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख २० हजार ६ सय ८० जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३७ हजार ३ सय ३२ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज २ हजार १ सय ७१५ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ६ लाख ७१ हजार ८३ जना रहेको छ । आज ३५ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या १० हजार १ सय ५० जना पुगेको छ ।