समाचार

काठमाडौँ उपत्यकामा थप १,१८६ जनामा कोरोना पुष्टि



काठमाडौँ, २६ असार । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १,१८६ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ७९५, भक्तपुरमा १५२ र ललितपुरमा २३९ गरी १,१८६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै काठमाडौँ उपत्यकामा सक्रिय संक्रमितको संख्या १० हजार ९१० पुगेको छ ।