काठमाडौँ, २७ साउन । आजबाट मनसुन थप सक्रिय भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार मनसुन न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक आउँदा मनसुन थप सक्रिय भएको हो । मनसुन न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक आउँदा देशभरी मनसुन सक्रिय हुने र बिहीबारदेखि केही दिन देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ ।
आज प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी र धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।
तय्स्तई आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र प्रदेश २ को एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नली तथा खोलामा पानीको सतह बढ्ने तथा गेग्रान बहावको सम्भावना रहेकाले सतर्क हुन मौसमविद्ले आग्रह गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्