समाचार

मास्क नलगाए गाडी पनि चढ्न पाइँदैन



काठमाडौँ, २७ साउन ।  काठमाडौँ उपत्यकामा चल्ने सार्वजनिक सवारी साधनमा मास्क नलगाउने व्यक्ति प्रवेश गर्न नपाउने भएका छन् ।

काठमाडौँ उपत्यकाभित्रका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । उक्त निर्णय अनुसार सार्वजनिक सवारी साधनहरु स्वीकृत सिट क्षमताअनुसार देहाय मापदण्ड पालना गर्ने गरी सञ्चालन गर्नुपर्ने साथै कुल स्वीकृति सिट क्षमताभन्दा बढी यात्रु राख्ने नपाइने भएको छ ।

त्यस्तै सबै यात्रुहरुले अनिवार्यरुपमा मास्क लगाउने । मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिने । चालक र सहचालकले अनिवार्य मास्क र इने माइजर र पञ्जा लगाउने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने बताइएको छ ।