Banner News

थप ३८८१ जनामा कोरोना संक्रमण, १८८५ जना डिस्चार्ज



काठमाडौँ, २७ साउन । थप ३ हजार ८ सय ८१ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख २३ हजार २ सय ९६ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ३३ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज १ हजार ८ सय ८५ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ६ लाख ७५ हजार ८३ जना रहेको छ । आज ३० जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या १० हजार १ सय ८० जना पुगेको छ ।