समाचार

पहिरोमा परेर एक जनाको मृत्यु



सन्धिखर्क, ३० साउन । पहिरोमा पुरिएर अर्घाखाँचीको पाणिनी गाउँपालिका–५ मैदानमा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पाणिनी–६ धातिवाङ्गका ४५ वर्षीय मानबहादुर सुनारको पहिरोमा पुरिएर मृत्यु भएको हो । स्थानीय मेघराज घिमिरेको घरमा प्लास्टर गर्ने क्रममा माथिबाट पहिरो आएर मानबहादुरलाई पुरेको हो ।

स्थानीय बासिन्दा र प्रहरीले पहिरो पन्छाएपछि शुक्रबार राति ९ः१५ बजे मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।