Banner News

देउवा सरकार अल्पमतमा पर्न सक्छ: अध्यक्ष दाहाल



काठमाडौँ, ३० साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शेरबहादुर देउवाको सरकार कुनै पनि बेला अल्पमतमा पर्न सक्ने बताएका छन् । यो सरकार माधव नेपालको अडानका कारणले टिकेको उनको विश्लेषण छ ।

आज बसेको माओवादी केन्द्रको बैठकमा बोल्दै प्रचण्डले प्रतिगमनको खतरा अहिले पनि जीवितै रहेको बताए । उनले भने, ‘माधव नेपाल दह्रो अडिदिएको हुनाले मात्रै बहुमत पुगेको छ, यो सरकार अल्पमतमा पर्न सक्ने खतराको घण्टी बजि नै राखेको छ । प्रतिगमनको खतरा टरिसकेको छैन, त्यसैले हामीले धेरै हौसिन जरुरी छैन ।’

सरकारको गणितबारे चर्चा गर्दै प्रचण्डले अगाडि भने, ‘जसपाले वैधानिकता पाएकाले २० सांसद छन् । काँग्रेस र हाम्रा सांसद १११ छन् । सबै जोड्दा १३१ मात्र पुग्छ, यत्ति हो । यसरी हेर्दा हामी अल्पमतमा छौँ ।’