काठमाडौँ, ३० साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कासँग भेट गरेका छन् ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री देउवाले क्रिकेटको विकासमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
देउवाले ट्वीटरमा लेखेका छन्, ‘नेपाल र नेपालीको शीर उचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस् । सरकारको साथ र सहयोग सधैं रहनेछ ।’
क्रिकेटर पारस खड्काले पनि क्रिकेटको विकासमा सहयोग गर्ने प्रतिवद्धता जनाएकोमा प्रधानमन्त्री देउवालाई धन्यवाद दिएका छन् ।










प्रतिक्रिया दिनुहोस्