काठमाडौँ, ३० साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुस ११ गतेदेखि गते राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरेका छन् ।
प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आज बसेको केन्द्रीय कमिटी बैठकमा प्रचण्डले पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव राखेका हुन । त्यस्तै आजको बैठकमा प्रचण्डले राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गरेको उनले बताए । त्यस्तै विधान संशोधनको प्रस्ताव पनि पेश गरिएको छ ।
उक्त प्रतिवेदनमाथि छलफलको लागि ८ वटा समूह विभाजन गरिएको छ । बैठक भोलि ११ बजे बस्ने उनले बताए ।










प्रतिक्रिया दिनुहोस्