दाङ, ३० साउन । नेकपाका नेता शंकर पोखरेलले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’मा रहेको अस्थिरता, अवसरवाद र महत्वाकांक्षाको संयोजनका कारण देशमा अहिले अस्थिरता सिर्जना भएको आरोप लगाएका छन् ।
आज घोराहीमा दाङका पुराना वामपन्थी नेता नेत्रलाल अभागीको सालिक उद्घाटन कार्यक्रममा बोल्दै उनले प्रचण्डले नेता माधवकुमार नेपालको ‘ढाडमा टेकेर अध्यक्ष केपी शर्मा ओलीको टाउकोमा हान्ने कोसिस’ गरेको आरोप लगाए ।
उनले भने, “प्रचण्डलाई आधार बनाएर हामीले चुनावी गठबन्धन ग¥यौँ । पार्टी एकता ग¥यौँ । तर, उहाँले ढाडमा टेकेर टाउकोमा हान्ने नीति छोड्नुभएको रैन्छ,” “आजको परिणामले त्यही पुष्टि भएको छ ।”










प्रतिक्रिया दिनुहोस्