Banner News

राष्ट्रिय युवा संघ भक्तपुरद्वारा जिल्ला, क्षेत्रीय तथा नगर कमिटी घोषणा (सूचीसहित)



भक्तपुर, ३० साउन । नेकपा एमालेको प्रभावशाली युवा संगठन राष्ट्रिय युवा संघ नेपालले १४१ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको छ ।

आज आयोजित एक कार्यक्रमका बिच जिल्ला कमिटी, क्षेत्रीय कमिटी, नगर कमिटीको घोषणा गरिएको हो । आजको भेलाले पुष्पराज बस्नेतको अध्यक्षतामा १४१ जनाको जिल्ला कमिटी घोषणा गरेको छ । त्यस्तै उपाध्यक्ष रविन थापा, सचिव राजेश खड्का, सहसचिव प्रदिप रुपाखेती, कोषाध्यक्ष कृष्णराज सुवाल रहुनभएको छ ।

महेश मास्कको अध्यक्षतामा ५१ जनाको एक नं. क्षेत्रीय कमिटी, विनोद श्रेष्ठ अध्यक्षमा ५१ जनाको दुई नं. क्षेत्रीय कमिटी कमिटी निर्माण गरेको छ । त्यस्तै श्याम सुन्दर कासुलाको अध्यक्षतामा ६१ जनाको सूर्यविनायक नगर कमिटी, अमित चक्रधरको अध्यक्षतामा ५१ जनाको मध्यपुर थिमी नगर कमिटी, कपुर थापाको अध्यक्षतामा ५१ जनाको चाँगुनारायण नगर कमिटी र सरिस सुवालको अध्यक्षतामा ५१ जनाको भक्तपुर नगर कमिटी घोषणा गरेको छ । त्यस्तै सन्दीप खनालको नेतृत्वमो ६१ जनाको आइटी कमिटी समेत निर्माण गरेको छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री, संघका इन्चार्ज तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको प्रमुख आतिथ्यतामा संघले भक्तपुरलाई एमाले विरुद्धका दुष्मनहरुले चिहाउन नसक्ने बनाउने उद्घोषका साथ जिल्लाका सवै तहमा कमिटी निर्माण गरेको हो ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष बचन देउजाले शुभकामना व्यक्त गर्नुभएको थियो भने संघका केन्द्रीय अध्यक्ष किरण पौडेलले नवनियुक्त सम्पूर्ण कमिटीका पदाधिकारीलाई सपथ ग्रहण गराउनुभयो ।

कार्यक्रममा पार्टी जिल्ला कमिटी सचिव तथा सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेव थापा, उपप्रमुख जुना बस्नेत, संघका उपाध्यक्ष तथा युथफोर्स प्रमुख क्षितिज थेवे, उपाध्यक्ष अमित लामालगायतका संघका केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, स्थायी कमिटीका सदस्यलगायतको उपस्थिती रहेको थियो ।