काठमाडौँ, ३१ साउन । नेकपा एमालेले बेलायत सरकारसँग अविलम्ब कुटनीतिक पहल गर्दै गोर्खा सैनिकका समस्या सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
आक एक विज्ञप्ति जारी गर्दै प्रवक्ता प्रदीप ज्ञवालीले बेलायती सेनाबाट अवकाशप्राप्त भूतपूर्व गोर्खा सैनिकहरुले आफ्ना बेलायती सहकर्मीहरू सरह पेन्सन लगायत समान सुविधा पाउनुपर्ने माग राखेर लामो समयदेखि आन्दोलन गर्दै आएको र सोही विषयलाई लिएर अनसन समेत जारी रहेकाले उक्त समस्या समाधान गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएका हुन् ।
जारी विज्ञप्तिमा भनिएको छ, ‘समानताको सिद्धान्तलाई आधार मानेर तथा नेपाल र बेलायत बीचको दुई सय वर्षभन्दा पुरानो ऐतिहासिक सम्बन्धलाई ध्यानमा राखेर आन्दोलनरत गोर्खा समस्याको समाधान गर्न बेलायत सरकारसँग अविलम्ब कुटनीतिक पहलका लागि नेकपा ९एमाले० नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ ।’










प्रतिक्रिया दिनुहोस्