काठमाडौँ, १ भदौ । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा एमालेका नेता शंकर पोखरेलले कांग्रेस, माओवादी केन्द्र सहितको गठबन्धनको जस्तोसुकै चुनौती सामना गर्न एमाले तयार रहेको बताउनुभएको छ ।
कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको संघीय सरकारले संसदको अधिवेशन अन्त्य गरी अध्यादेशबाट सरकार चलाउने तथा एमालेलाई फुटाउने रणनीति बनाएको प्रति लक्षीत गर्दै नेता पोखरेलले एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरी चुनावको घोषणा गर्नुभएपछि चुनावको विरोध गर्नेहरुले अहिले भित्र भित्रै चुनाव गराउने रणनीति अपनाइरहेको दावी गर्नुभयो ।
उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभयो, “हिजो सरकारले संसदलाई विजनेश दिएन भनेर रोइलो गर्नेहरु अहिले सरकारले संसदलाई भूमिका विहिन बनाएर अन्त्य गरेकोमा मौन रहन बाध्य छन् । अध्यादेशको विरोध गर्नेहरु अध्यादेशकै बाटोमा छन् । सिघ्र चुनावको विरोध गर्नेहरु चुनावकै तयारीमा छन् । उनीहरु जे गरुन्, नेकपा (एमाले) सामाना गर्न तयार छ ।”










प्रतिक्रिया दिनुहोस्