Banner News

माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न एमालेको पत्र



काठमाडौँ, १ भदौ । नेकपा एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरेको छ ।

स्रोतका अनुसार उनीहरुलाई पदमुक्त गर्न संसद सचिवालयमा पत्र पठाइएको बताइएको छ । कारबाही गरिएका सांसदहरुमा नेता नेपालसँगै रामकुमारी झाँक्री, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, लक्ष्मीकुमारी चौधरी, कल्याणी खड्का, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, भवानी खापुङ, विरोध खतिवडा, कलिला खातुन, कृष्णलाल महर्जन रहेका छन् ।मुकुन्द न्यौपोन, रामकुमारी झाक्री, विरोध खतिवडा, मेटमणी चौधरी लगायत छन् ।