अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, २ भदौ । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका आज छापावाला सुन २ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।