Banner News

थप ३४०३ जनामा कोरोना संक्रमण,२१०४ जना डिस्चार्ज



काठमाडौँ, २ भदौ । थप ३ हजार ४ सय ३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ३९ हजार ९ सय ७ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ४० हजार ३ सय ३८ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज २ हजार १ सय ४ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ६ लाख ८९  हजार १ सय ७३ जना रहेको छ । आज ४२  जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या १० हजार ३ सय ९६ जना पुगेको छ ।