भक्तपुर, २ भदौ । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको गृह जिल्लामा आज एकै पटक दुई स्थानमा सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेशको विरुद्धमा विरोध प्रदर्शन भएको छ ।
एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपाल भक्तपुर जिल्ला कमिटीको आयोजनामा आज साँझ गठ््ठाघर चोक र सिर्जना नगर चोकमा राँके जुलुससहित विरोध प्रदर्शन गरिएको हो । सरकारले एमाले फुटाउन दल विभाजन सम्बन्धी अध्यादेश ल्याएको भन्दै संघ केन्द्रीय कमिटीको निर्देशनमा आज ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरिएको छ ।
यसै क्रममा भक्तपुरमा संघका कार्यकर्ताले अध्यादेश तथा प्रहरी दमनको विरुद्धमा सशक्त रुपमा लाग्ने उद्घोष गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला समेत दहन गरेका छन् । संघका कार्यकर्ताले सरकारले उक्त कदम नसक्याएसम्म देशभर आन्दोलन जारी रहने उल्लेख गर्दै मुलुकलाई राजनीतिक अस्थिरता तर्फ धकेल्न खोजेको भन्दै सरकारविरुद्ध चर्का नाराहरु लगाएका थिए ।
सर्वोच्च अदालतको परमादेशबाट बनेको सरकारले देशी विदेशी तत्वहरुको लागि कम्फर्टेवल सरकार मात्र भएको उल्लेख गर्दै संघका कार्यकर्ताले वर्तमान सरकार नेपाली जनताको नभई भ्रष्टचारी, दलाली, अराजक, हत्यारा तथा विदेशीको कम्र्फटेवल मात्र भएको भन्दै आक्रोस जनाए ।










प्रतिक्रिया दिनुहोस्