काठमाडौँ, ३ भदौ । नेकपा एमालेले कारवाही गरेका माधव नेपालसहित १४ जना सांसदलाई तत्काल प्रतिनिधिसभा सदस्यबाट पदमुक्त गरेको सूचना टाँस्न सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ ।
एमालेको तर्फबाट प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरीलगायतका नेताहरूले आज सभामुखलाई भेटेर माओवादी र जसपाले कारवाही गरेका सांसदलाई २४ घण्टाभित्रै पदमुक्त गरेको नजिर पेस गर्दै तत्काल पदमुक्त गरेको सूचना टास्न र एमालेविरुद्ध नलाग्न चेतावनी दिएका हुन ।
एमाले प्रमुख सचेतक भट्टराईले भने, सभामुले के गर्ने वा नगर्ने भन्ने कुरै छैन । कानूनले जे भनेको छ त्यो गर्ने हो । कारवाही पार्टीले गरेपछि ठीक बेठीक अदालतले भन्ला । तर, सभामुखले हिजोका उदाहरण समेत हेरेर खुरुक्क सूचना टाँस्नुपर्छ । नत्र एमालेले सभामुखलाई सहयोग गर्न सक्दैन ।’
एमाले नेताहरूले तत्काल कारवाही प्रक्रिया अघि बढाउन चेतावनी दिएपछि सभामुख सापकोटाले आफूले बुझेर प्रकृया अघि बढाउने आश्वासन दिएका छन् ।










प्रतिक्रिया दिनुहोस्